बच्चाहरुले आफ्नो आँखा छोपेर अरुले आफु लाई नदेखेको आनुभूत गर्छन् । यो आनुभवको कुनै मुल्य नै छैन। कैयौ पटक म यसरी साना-साना बाबु नानीहरुसग रमाएको छु । तर कहिले कही हामी उमेर पाकीसकेकाहरु पनि तेस्तइ पाराले लुका मारी खेल्छौ । फरक मात्र यति नै छ की साना नानीहरु आफ्नै आँखा छोप्छन हामीहरु चै धेरै कुराहरु छुपाउन प्रयास गर्छौ - सोचाइ, गराइ अनी कहिले कही त आरुको बुझाई पनि । सुनेर बुझेका र पढेर बुझेका कुराहरु त केही हद सम्म छायामा पारीएलान तर गराइ र भोगाइका क्रममा बाट मन्थन भएर मनमा गडेका कुराहरु त खोइ कसरी ढाकिएलान र ...... कहिले काही त म रनभुल्ल पर्छु।
No comments:
Post a Comment